सर्त सहित शुटिंग अनुमति पाए पछि शिथिल भएको बलिउड बौरीदै, आमिर खानका छोराको फिल्म महाराजाको शुटिंग सुरु — OSNepal

सर्त सहित शुटिंग अनुमति पाए पछि शिथिल भएको बलिउड बौरीदै, आमिर खानका छोराको फिल्म महाराजाको शुटिंग सुरु

LC (KTM) June 10, 2021 0

कोरोनाको महामारीका कारण थलिएको बलिउड अब फेरी बौरीन सुरु गरेको छ । बलिउड राष्ट्रकै एक प्रमुख अर्थ उपार्जनको शसक्त माध्यम पनि रहेकाले सरकारले नै केही शर्त राखेर फिल्म शुटिंगको लागि अनुमती दिए संगै बलिउड बौरीन लागेको हो ।

जुन ७ देखि भारतको मुम्बईमा सशर्त फिल्म सुटिङको अनुमती पाएपछि बलिउडका चर्चित फिल्महरुको सुटिङ सुरु हुन थालेको छ। यतिबेला शर्त तथा मापदण्डको पालना गर्दै फिल्म महाराजाको शुटिंग सुरु भइसकेको छ । बलिउड अभिनेता आमिर खानको छोराको फिल्म महाराजा को सुटिङ सुरु भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

त्यस्तै अब गंगुबाई , आदीपुरुष र रक्षाबन्धनको पनि शुटिंग हुने बताइएको छ । १५ जुनबाट आलिया भट्ट अभिनित गंगूबाईु, जुन १६ बाट आदीपुरुष र १८ जुनबाट अक्षय कुमारको रक्षाबन्धनको सुटिङ पुनः सुरु हुदैछ। यस संगै बलिउडले अब महामारीका बीच पनि गति लिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर