सिरहामा गाई का टेको आरोपमा दुईजना समातिए ,एकजना फरार — OSNepal

सिरहामा गाई का टेको आरोपमा दुईजना समातिए ,एकजना फरार

LC (KTM) May 11, 2021 0

लहान – गाई का टेको अभियोगमा सिरहाको लहान प्रहरीले दुईजना पक्राउ गरेको छ भने एकजना फरार भएका छन् । लहान नगरपालिका–२ स्थित मिलन चौकमा गाई का टेको भन्दै स्थानीयवासीले दिएको उजूरीका आधारमा स्थानीय दुई जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनाको नाममा खुलाउँदा अनुसन्धानमा असर पर्न सक्ने भन्दै प्रहरीले नाम खुलाउन चाहेन ।

मासु प्रयोजनका लागि गाई का टेको भन्दै स्थानीयवासीले प्रहरीमा उजूरी दिएपछि घरमूली फरार भए पनि उहाँको पत्नी र सालोलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक डा तपनकुमार दाहालले जानकारी दिनुभयो । पक्राउ परेका दुवैमाथि मुद्दा चलाइएको र फरारको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक दाहालले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर