क्रिष्टियानो रोनाल्डोले दुख ब्यक्त गर्दै भने 'अब हाम्रो छोरा यो संसारमा रहेनन, यो घटनाले हामी गहिरो पीडामा छौं' — OSNepal

क्रिष्टियानो रोनाल्डोले दुख ब्यक्त गर्दै भने ‘अब हाम्रो छोरा यो संसारमा रहेनन, यो घटनाले हामी गहिरो पीडामा छौं’

LC (KTM) April 20, 2022 0

पोर्चुगल स् क्रिष्टियानो रोनाल्डो र जर्जिना रोड्रिग्वेजले गत वर्ष अक्टोबरमा आमाबुवा बन्न लागेको घोषणा गरेका थिए। म्यानचेस्टर युनाइटेडका फुटबलर क्रिस्टियानो रोनाल्डो र जर्जिना रोड्रिग्वेजले आफ्नो नवजात छोरा गुमाएका छन्। क्रिस्टियानोले सामाजिक सञ्जालमार्फत आफ्ना फ्यानहरूलाई यो दुखद दुर्घटनाको जानकारी दिएका हुन्।

पोर्चुगिज नागरिक रोनाल्डो र उनकी २८ वर्षीया श्रिमती जर्जिना रोड्रिग्वेज जुम्ल्याहा बच्चाको आमाबुवा बन्न लागेका थिए। उनीहरुकी छोरी सकुशल छन्। रोनाल्डो र जर्जिना ले यो दुःखमा पनि छोरी साथमा भएकीले केही आशा दिएको बताए।

क्रिस्टियानोले इन्स्टाग्राममा लेखेका छन्, ‘धेरै दुस्खका साथ यो भन्नुपर्छ कि हाम्रो छोरा यो संसारमा रहेन। हामी यो घटनाले गहिरो पीडामा छौं र यो समस्याको समयमा हाम्रो गोपनीयताको सम्मान गर्न अपील गर्दछौं।ु अन्नपुर्ण पोष्टमा खबर छ । स्टियानोको यो पोस्टपछि विश्वभरका उनका फ्यानहरुले उनलाई माया र समवेदना पठाइरहेका छन्।

रोनाल्डो सन् २०१० मा पहिलोपटक पिता बनेका थिए। उनको छोराको नाम क्रिस्टियानो जुनियर हो। यसपछि सन् २०१७ मा क्रिस्टियानो जुम्ल्याहा सन्तानको पिता बनेका थिए। क्रिस्टियानोको जर्जिना रोड्रिग्वेजसँग पनि पहिला जन्मिएकी एक छोरी छिन्। उनको जन्म २०१७ मा भएको थियो।

यो पनि पढ्नुहोस् – मिनु र सन्जुमाया क्वाटरफाइनलमा-नेपाली सेनाकी मिनु गुरुङ र एपीएफ क्लबकी सन्जुमाया थिङ काठमाडौँमा जारी गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेकी छिन् ।

महिला ५१ किलो तौल समूहमा गुरुङले मङ्गलबार भएको खेलमा मधेश प्रदेशकी रमिशा श्रेष्ठलाई पराजित गरेकी हुन् । उनी १३औँ दक्षिण एसियाली खेलकुद ९साग० की स्वर्ण पदक विजेतासमेत हुन् । यस्तै सोही विधामा एपीएफकी सन्जुमाया थिङले प्रदेश नं १ की सुस्मिता श्रेष्ठलाई पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेकी छिन् ।

यस्तै महिला ५७ किलो तौल समूहमा बाग्मती प्रदेशकी स्वस्तिका तिरुवाले कर्णाली प्रदेशकी सुशिला थापा तथा प्रदेश नं १ की सुस्मिता राईले सुदूरपश्चिम प्रदेशकी सन्जिता चौधरीलाई पराजित गरिन् । दुवै जना क्वाटरफाइनल प्रवेश गरेका छन् । यस्तै पुरुष ५२ किलो तौल समूहमा गण्डकी प्रदेशका आकाश रानाले लुम्बिनी प्रदेशका सुरज ओलीलाई तथा एपीएफका प्रदीप महर्जनले कर्णाली प्रदेशका मोहन गुरुङलाई पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेका छन् ।

यसैगरी पुरुष ५७ किलो तौल समूहमा नेपाल पुलिस क्लबका शम्भु राजवंशीले सुदूरपश्चिम प्रदेशका रामबहादुर थापालाई तथा एपीएफका पुरन राईले बाग्मती प्रदेशका मार्सल गुरुङलाई हराए । दुवै जना क्वाटरफाइनल प्रवेश गरेका छन् । पुरुष ६३ किलो तौल समूहमा एपीएफका सोनाम सार्कीले सुदूरपश्चिमका वीरेन्द्र रावललाई तथा लुम्बिनीका अनिल पुन मगरले प्रदेश नं १ का तोविन प्रधानलाई हराउँदै क्वाटरफाइनलको यात्रा तय गरेका छन् ।

यस्तै पुरुष ६९ किलो तौल समूहमा एपीएफका विक्रम चौधरीले मधेश प्रदेशका सचिन शाक्यलाई तथा लुम्बिनीका विकास राना मगरले गण्डकीका सुनिल विकलाई पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेका छन् । पुरुष ७५ किलो तौल समूहमा सेनाका दीपेश लामाले लुम्बिनीका गणेश सुनारलाई हराउँदै क्वाटरफाइनल प्रवेश गरेका छन् । वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिता शनिबारसम्म चल्ने आयोजक संस्थाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर