• २०७८ असार ६ आइतबार

ताजा अपडेट

धेरै पढिएको

बाँकेका आठ पालिकाकामा आठ हजारले लगाए ‘भेरोसिल’ खोप

बाँकेका आठ पालिकाकामा आठ हजारले लगाए ‘भेरोसिल’ खोप


  • ओएसनेपाल
  • जेष्ठ २७ २०७८, बिहिबार
  • १:२४ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < 0 मिनेट
  • 1.8K
    SHARES

    बाँके,२७ जेठ – कोभिड–१९ विरुद्धको चिनियाँ खोप ‘भेरोसिल’ लगाउनेक्रम यहाँ जारी छ । जिल्लाका आठ पालिकाका ६२ देखि ६४ उमेर समूहका करिव सात हजार ९२९ जना मध्ये बुधबारसम्म पाँचहजार ८५९ जनाले खोप सेवा लिइसकेका छन् । कोभिड– १९ सङ्कट व्यवस्थापन केन्द्रका कोरोना स्रोत व्यक्ति तेज ओलीले कोरोना विरुद्धको खोप अभियान जारी रहेको बताउनुभयो ।

    उहाँले आफूलाई पायक पर्ने खोपकेन्द्रमा पुगी खोप लगाउन नागरिकलाई आग्रह गर्नुभयो । पछिल्लो समय निषेधाज्ञा तथा कोरोना परीक्षण तीब्र गरिएकाले सङ्क्रमितको सङ्ख्या जिल्लामा कम हुँदै गएको छ । साथै जिल्लाका अस्पतालमा सङ्क्रमितका लागि छुट््याइका श्यया समेत खाली हुन थालेका छन् नेपालगन्ज उपमहानगरपालिकामा लक्ष्यको ९९ प्रतिशतले नागरिकले खोप लगाएका छन् । सो उपमहानगरपालिकामा दुईहजार ३७ जना लक्षित नागरिक रहेकामा दुईहजार ३५ जनाले खोप लिइसकेको छन् ।

    यसैगरी कोहलपुर नगरपालिकामा एक हजार ३२५ जनामध्ये एक हजार ४६, खजुरा गाउँपालिकामा आठ सय ७० जना मध्ये ७०९, राप्तीसोनारी गाउँपालिकामा ९ सय ५० जनामध्ये २४३, डुडुवा गाउँपालिकामा ५ सय ६ जना मध्ये ३२९, नरैनापुर गाउँपालिकामा ५ सय ५८ जनामध्ये ४५, जानकी गाउँपलिकामा ६ सय ५८ जनामध्ये ५ सय ४२ र बैजनाथ गाउँपालिकामा ९ सय ३५ मध्ये ८ सय ५३ जनाले खोप लगाएका जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । ती पालिकाका ८७ खोपकेन्द्र मार्फत् सेवा प्रदान गरिएको छ । डुडुवा गाउँपालिकाले मंगलबार नै खोप लगाउन सम्पन्न गरेको जनाएको छ । रासस)

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com