प्रदेश १ सरकारले नवौं राष्ट्रिय खेलकुदका लागि प्राथमिकता दिएर तयारी गर्ने — OSNepal

प्रदेश १ सरकारले नवौं राष्ट्रिय खेलकुदका लागि प्राथमिकता दिएर तयारी गर्ने

LC (KTM) April 20, 2022 0

प्रदेश १ सरकारले नवौं राष्ट्रिय खेलकुदका लागि प्राथमिकता दिएर तयारी गर्ने भएको छ । सामाजिक विकास मन्त्री तथा प्रदेश खेलकुद विकास वोर्डका अध्यक्ष राजन राईको अध्यक्षतामा मंगलबार बसेको बैठकले पदक ल्याउन सकिने संभावना भएका खेलहरुलाई प्राथमिकतामा राखेर तयारी गर्ने निर्णय गरेको छ ।

आगामी जेठ २२ देखि २८ गते सम्म पोखरामा हुने नवौं राष्ट्रिय खेलकुदका लागि प्रदेश १ ले प्राथमिकताका साथ तयारी शुरु गर्ने निर्णय गरेको हो । बोर्ड वैठकले मुख्यमन्त्री कप आमन्त्रण फुटवल प्रतियोगिता अनुकुल समयमा सञ्चालन गर्ने निर्णय गरेको सामाजिक विकास मन्त्रालय यूवा तथा खेलकुद महाशाखा प्रमुख फडिन्द्र खत्रीे जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेशको खेलसंवन्धि नीति, रणनीति तयारीका लागि प्रदेश १ का खेलकुदका पदाधिकारीहरुको चाँँडै बैठक बसेर छलफल गर्ने पनि निर्णय गरिएको छ ।

खेलकुद क्षेत्रको विकासका लागि साँझेदार संस्था तथा व्यवसायिक प्रतिष्ठानहरुसँग सहकार्यका लागि आग्रह गर्ने बोर्ड बैठकले निर्णय गरेको महाशाखा प्रमुख खत्रीले बताउनुभयो । चालु आर्थिक वर्षको बजेटबाट खेलकुद क्षेत्रमा गर्न सकिने कार्यहरुको योजना बनाई बजेट माग गर्ने निर्णय समेत भएको खत्रीले जानकारी दिनुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर