बिश्वकप अघि ब्राजिल र अर्जेन्टिना भिड्ने , नेयमार कि मेस्सीले मार्लान त बाजी ? — OSNepal

बिश्वकप अघि ब्राजिल र अर्जेन्टिना भिड्ने , नेयमार कि मेस्सीले मार्लान त बाजी ?

LC (KTM) April 20, 2022 0

फुटबलका दुई चर्चित टिम ब्राजिल र अर्जेन्टिनाको खेल हेर्ने सबैलाई चाहना हुन्छ । किनकि ब्राजिलमा नेयमार सहितका चर्चित स्टार खेलाडी रहेका छन् भने अर्जेन्टिनामा लियोनल मेस्सी सहितका स्टार खेलाडी छन् । त्यहि भएर पनि यी दुई देश बीचको खेल हेर्न एकदमै रमाईलो हुने गरेको छ ।

कतार विश्वकप अघि यि दुई देशबीच आगामी जुन महिनामा अष्ट्रेलियामा प्रतिस्पर्धा हुने भएको छ । मेलबर्नको मैदानमा हुने ब्राजिल र अर्जेन्टिनाबीचको खेल जुन ११ गते हुनेछ । भिक्टोरिया सरकारले बुधबार ब्राजिल र अर्जेन्टिनाबीचको खेलको मिति सार्वजनिक गर्दै यसबारे जानकारी दिएको हो । भिक्टोरिया सरकारले बिहीबारबाट टिकट बिक्री गर्ने समेत जनाएको छ । यस खेल फिफा विश्वकप छनोट अन्तर्गत सेप्टेम्बरमा स्थगित खेलको री म्याच रहेको बताईएको छ ।

दक्षिण अमेरिकी छनोट अन्तर्गत गत सेप्टेम्बरमा ब्राजिल र अर्जेन्टिनाबीचको खेल स्थगित भएको थियो । कोभिड १९ को कारण खेल सुरु भएको केहि मिनेटपछि नै खेल स्थगित गरिएको थियो । ब्राजिलका स्वास्थ्य अधिकारीले अर्जेन्टिनाका तीन खेलाडीले क्वारेन्टिन नियम तोडेको आरोप लगाउँदै आपत्ति जनाएपछि ब्राजिलको राजधानीमा जारी खेल स्थगित गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर