कोरोना लाई परास्त गर्दै भ्वाईस अफ नेपालका कोच तथा बरिष्ठ गायक दिप श्रेष्ठ डिस्चार्ज — OSNepal

कोरोना लाई परास्त गर्दै भ्वाईस अफ नेपालका कोच तथा बरिष्ठ गायक दिप श्रेष्ठ डिस्चार्ज

LC (KTM) June 10, 2021 0

भ्वाईस अफ नेपालका कोच तथा बरिष्ठ गायक दिप श्रेष्ठले कोरोना लाई परास्त गरेका छन् । कोरोना संगको युद्धमा जित निकाल्दै उनी आज बाट डिस्चार्ज भएका छन् । कोरोना संक्रमणका कारण करिब दुई साताको अस्पताल बसाईपछि बिहीबार वरिष्ट गायक श्रेष्ठ डिस्चार्ज भएको भ्वाइस अफ नेपालका निर्देशक लक्ष्मण पौड्यालले जानकारी दिएका छन् ।

कोरोना संक्रमणका कारण श्वास प्रश्वासमा समस्या देखिएपछि श्रेष्ठलाई आईसीयूमा राखेर उपचार गरिएको थियो। भ्वाइस अफ नेपालका अर्का जर्ज चर्चित गायक प्रमोद खरेललाई पनि कोरोना संक्रमण भएको थियो। खरेलले पनि कोरोनालाई परास्त गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर