डडेल्धुराबाट एसईईमा तीन हजार ११८ विधार्थी सहभागी हुँदै — OSNepal

डडेल्धुराबाट एसईईमा तीन हजार ११८ विधार्थी सहभागी हुँदै

LC (KTM) April 20, 2022 0

डडेल्धुरा ७ वैशाख- डडेल्धुरामा एसईई परीक्षा दिने तीन हजार ११८ जना विधाथर्थी रहेका छन् । जिल्लाका ७० वटा माध्यमिक विध्यालयवाट तीन हजार ११८ विद्यार्थी परीक्षा दिने तयारीमा रहेका शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय डडेल्धुराका प्रमुख नारदप्रशाद जोशीले वताउनुभयो ।

सात वटा स्थानीय तहमा रहेका ७० वटा विद्यालयबाट सहभागी हुने तीन हजार १०० वढी विद्यार्थीका लागि १२ वटा मात्रै परीक्षा केन्द्र तोकिएका छन् । जिल्लाको भौगोलिकता र सबै विद्यालयलाई नजिक पर्ने गरी परीक्षा केन्द्र राखिएको प्रमुख जोशीले बताउनुभयो । परीक्षा नियन्त्रण केन्द्रले दिएको निर्देशनअनुसार एक हजार १२ भन्दा बढी सेन्टर राख्न नसकिने र माथिकै निर्देशनका आधारमा होम सेन्टर राख्न नमिल्ने शिक्षा विकास तथा समन्वय एकाइ कार्यालयले जनाएको छ ।परशुराम नगरपालिका र आलिताल गाउँपलिकामा चार, भागेश्वर, अजयमेरु, नवदुर्गा र गन्यापधुरा गाउँपालिकामा एक÷एक र सदरमुकाममा रहेका अमरगढी नगपालिकामा चार वटा परीक्षा केन्द्र गरी १२ वटा केन्द्र तोकिएका छन् ।

सीमित ठाउँमा परीक्षा केन्द्र राख्दा दुर्गम विद्यालयका विधार्थी भने परीक्षा दिनका लागि सकस व्यहोर्नुपर्ने बाध्यता छ । विधार्थीलाई केन्द्रसम्म पुग्न नै सकस हुने भन्दै दुखेसो पोखिरहेका छन् । नजिकमा सेन्टर नहुँदा अजयमेरु, घनघस्या मावि खतेडाका विद्यार्थीले परीक्षा दिनका लागि मात्रै डेरा गर्नुपर्ने बाध्यता रहेको स्थानीय किशोर भण्डारीले वताए । घनघस्याका मात्रै नभई स्थानीय तहका धेरै विद्यालयले दुर्गमबाट आई परीक्षा दिनुपर्ने हुन्छ । प्राय विधार्थीले डेरा गरी बस्नुपर्दा बस्ने आवासका साथै खानपिनको पनि समस्या हुने हुनसक्ने देखिन्छ ।

परीक्षा केन्द्र तोकिएको ठाउँ अन्य विद्यालयबाट टाढा छन् । सीमित सेन्टरले गर्दा जिल्लाका एसईई दिन सहभागी हुने विधार्थी प्राय मर्कामा परेका छन् । पढाइ हुने समय कोरोनाले खायो, परीक्षा दिन जाँदा पनि दुर्गमताको सिकार हुनुपर्ने बाध्यता विद्यार्थीको हरेको छ । निर्देशन अनुसारको व्यवस्था गरिसकेको र यही वैशाख ९ गतेदेखि परीक्षास्थलको पूर्णतयारी भइसकेको शिक्षा विकास कार्यालय प्रमुख जोशीले बताउनुभयो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर