आईपीएलमा पन्जाब किङ्स माथि दिल्ली क्यापिटल्सको शानदार जित — OSNepal

आईपीएलमा पन्जाब किङ्स माथि दिल्ली क्यापिटल्सको शानदार जित

LC (KTM) April 20, 2022 0

इन्डियन प्रिमियर लिग आईपीएल टी ट्वान्टी क्रिकेटमा दिल्ली क्यापिटल्सले पन्जाब किङ्स माथि सहज जित निकालेको छ । मुम्बईमा बुधबार राति भएको खेलमा दिल्लीले पन्जाब किङ्सलाई ९ विकेटले हराएको हो । पन्जाबले दिल्ली समक्ष १ सय १६ रनको लक्ष्य प्रस्तुत गरेको थियो । उक्त लक्ष्य दिल्लीले १० ओभर ३ बलमा मात्र १ विकेट गुमाएर पूरा गर्यो । दिल्लीको जितमा डेभिड वार्नरले ६० रनको अर्धशतकीय इनिङ खेले ।

यस्तै पृथ्वी शले ४१ रन बनाए । सर्फराज खान १२ रनमा अविजित रहे । पन्जाबका राहुल चाहरले १ विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा अलआउट हुँदै १ सय १५ रन जोडेको थियो ।पन्जाबका जितेश शर्माले ३२ रन बनाए । कप्तान मायांक अग्रवालले २४ तथा शाहरुख खान र राहुल चाहरले १२-१२ रन जोडे ।दिल्लीका ललित यादव, खलिल अहमेद, अक्षर पटेल र कुलदिप यादवले २-२ विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर