वेस्ट इन्डिज क्रिकेट टोलीका कप्तान केइरन पोलार्डद्धारा अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा — OSNepal

वेस्ट इन्डिज क्रिकेट टोलीका कप्तान केइरन पोलार्डद्धारा अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा

LC (KTM) April 20, 2022 0

वेस्ट इन्डिज क्रिकेट टोलीका कप्तान केइरन पोलार्डले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरे संगै उनका फ्यानहरु स्तब्ध बनेका छन् ।वेस्ट इन्डिजको सिमित ओभरका कप्तान समेत बनेका पोलार्डले बुधबार सामाजिक संजाल मार्फत अन्तराष्ट्रिय क्रिकेटबाट आफुले सन्यास लिएको घोषणा गरेका हुन् । यो अप्रत्यासित रुपमा सन्यास आएको भन्ने आशंका लाई चिर्दै ३४ वर्षीय अलराउण्डर पोलार्डले आफुले सोचविचार गरेर सन्यास लिने निर्णय गरेको बताएका छन् ।

पोलार्डले वेस्ट इन्डिजका लागि १ सय २३ एकदिवसीय र १ सय १ टी(ट्वान्टी अन्तराष्ट्रिय खेल खेलेका छन् । उनले वेस्ट इन्डिजका लागि टेस्ट भने खेलेनन् । सन् २०१२ को टी(ट्वान्टी विश्वकप जित्दा पोलार्ड वेस्ट इन्डिजको टोलीमा रहेका थिए ।पोलार्डले ६१ खेलमा वेस्ट इन्डिजको कप्तानी गरेका थिए । पोलार्ड मुम्बई इण्डियन्सबाट आईपीएल खेलिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर