मेदान्त आर्युबेद हेल्थ होममा बिरामीको आकर्षण  बढ्दो , युवा डा. सुवर्णको उत्कृष्ट सेवा — OSNepal

मेदान्त आर्युबेद हेल्थ होममा बिरामीको आकर्षण  बढ्दो , युवा डा. सुवर्णको उत्कृष्ट सेवा

LC (KTM) April 21, 2022 0

कोरोनाको बिश्वब्यापी महामारी पछि नेपालमा पछिल्लो समय आयुर्बेद तर्फ आकर्षण बढ्दै गएको छ । कोरोनाकालमा मानब शरीरको प्रतिरक्षा प्रणाली बढाउन आयुर्बेद उत्कृष्ट देखिएको थियो । एलोपेथिक औषधिले समेत काम नगरेका कतिपय रोगहरु आयुर्बेदले ठिक गर्न थालेपछि यता तिर बिरामीहरु ध्यान आकर्षण हुन थालेको हो । पछिल्लो समय राम्रो छाप छोड्न र सुबिधा दिन सफल कलंकी–१४ काठमाण्डौमा रहेको मेदान्त आर्युबेद हेल्थ होम हो ।

यस हेल्थ होमले हाड जोर्नी , पायल्स, फिसर, फिस्टुला, प्यारालाइसिस , ग्याष्ट्रिक , निःसन्तानपन लगायतको उपचार गरिरहेको युवा आयुर्बेदिक डाक्टर सुवर्ण पौड्यालले जानकारी दिनुभयो । क्वालीटीको मेडिसिन, सर्भिस राम्रो, राम्रो काउन्सिलिङ गरिरहेकोले पनि मेदान्तमा आकर्षण बढिरहेको डा. पौड्यालले बताउनुभयो । उहाले अहिले आयुर्बेदले प्रभावकारी रुपमा काम गरिरहेको बताउनुभयो । उहाले भन्नुभयो– पहिलाको र अहिलेको आर्युबेदमा धेरै भिन्नता र परिमार्जन आएको छ ।

पछिल्लो समय हामी रोगको पहिचान गरेर मात्र औषधी चलाउने गरेका छौ । नतिजा पनि राम्रो दिईरहेको छ आयुर्बेदले । त्यहि भएर पनि बिस्तारै आकर्षण बढ्दै गईरहेको हो । ऐलोपेथिकले जस्तै आयुर्बेदले पनि कतिपय रोग तथा समस्याको तत्काल नतिजा दिने गरेको दाबी गर्दै उहाले बिस्तारै जनमानसमा यता तिर बिश्वास बढ्दै गईरहेको बताउनुभयो । उहाले आयुर्बेदमा बिशेष गरेर नसर्ने रोगहरुको उपचार गर्ने गरेको बताउनुभयो । उहाले भन्नुभयो– अधिकांश रुपमा नसर्ने रोग बाट ७१ प्रतिशत भन्दा बढीको ज्यान जाने गरेको छ । त्यसको मेन कारण पेट नै हो । त्यसैले आहार बिहारमा ध्यान दिने हो भने धेरै रोग निको पार्न सकिन्छ ।

आयुर्बेदिक औषधी मुल्य किन महंगो हुने गरेको भन्ने जिज्ञासामा उहाले शुद्ध रुपमा प्राकृतिक जडीबुटी प्रयोग गर्नु पर्ने भएकोले मुल्य महंगो पर्न गएको बताउनुभयो । डा. पौड्यालले भन्नुभयो– प्राकृति जडिबुटी केमिकल प्रयोग नगरिने हुँदा बढी मुल्य पर्छ । एक मुठो साग किन्दा मुल्य कति छ आफै बिचार गर्नुस् । पछिल्लो समय मेदान्त आर्युबेद हेल्थ होमले राम्रो उपचार दिईरहेको छ । आयुर्बेदलाई अझै राम्रो र प्रभावकारी बनाउन मेदान्तले महत्वपुर्ण भुमीका निर्बाह गरिरहेको छ । दक्ष र अनुभवी चिकित्सक डा. सुर्वण पौड्यालको सेवा मेदान्तमा पाउन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर