म्यानचेस्टर युनाइटेडको प्रशिक्षकमा एरिक टेन नियुक्त — OSNepal

म्यानचेस्टर युनाइटेडको प्रशिक्षकमा एरिक टेन नियुक्त

LC (KTM) April 21, 2022 0

म्यानचेस्टर युनाइटेडले नयाँ प्रशिक्षक नियुक्त गरेको छ । युनाईटेडको प्रशिक्षकमा एरिक टेन ह्याग नियुक्त भएका हुन् । म्यानचेस्टरले एक विज्ञप्ति जारी गर्दै एरिकलाई नयाँ प्रशिक्षकको रुपमा नियुक्त गरेको बताएको छ । एरिकले म्यानचेस्टरसँग सन् २०२५ को जुन सम्मको लागि सम्झौता गरेका छन् । यस्तै उनी थप समयका लागि सम्झौता लम्बाउन समेत तयार रहेका छन् ।

एरिकले आयाक्सबाट आफ्नो मुख्य प्रशिक्षकको जिम्मेवारी यसै सिजनको अन्त्यबाट समाप्त गर्दै म्यानचेस्टर जाने पक्का भएको छ ।एरिकलाई म्यानचेस्टरले २ मिलियन पाउण्डमा सम्झौता गर्न लागेको हो ।एरिकले आयाक्समा ४ वर्ष भन्दा लामो समय बिताएका छन् ।

आयाक्सलाई आफ्नो प्रशिक्षणमा सन् २०१८-१९ को डच लिग र सन् २०२०-२१ को कप डबल जिताउन सफल भएका थिए । उनको टोली आयाक्सले गत आईतबार पीएसभीसँग कप डबलको फाइनलमा पराजित हुँदा उपाधिबाट बन्चित भएको थियो । ओले गनर सोल्सायरलाई गत नोभेम्वरमा बर्खास्ती गरेपछि राल्फ राङ्गनिकले म्यानचेस्टरको अन्तरिम प्रशिक्षकको भूमिका सम्हाल्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर