दौड प्रतियोगितामा युवाको आकर्षण बढ्दो , शनिबार तेश्रो संस्करणको मदन भण्डारी स्मृति पाँच किलोमिटरको रोड रेस हुदै — OSNepal

दौड प्रतियोगितामा युवाको आकर्षण बढ्दो , शनिबार तेश्रो संस्करणको मदन भण्डारी स्मृति पाँच किलोमिटरको रोड रेस हुदै

LC (KTM) April 21, 2022 0

अहिले दौड प्रति युवाको आकर्षण बढ्दै गएको छ । हरेक ठाउँमा दौड प्रतियोगिता हुन थालेको छ । केहि समय अघि सम्म लाहुरे लाग्नका लागि भनेर मात्र दौडने चलन थियो तर अहिले स्वास्थ्यका लागि दौड प्रतियोगता हुन थालेको हो । यसैक्रममा तेश्रो संस्करणको मदन भण्डारी स्मृति पाँच किलोमिटरको रोड रेस प्रतियोगिता शनिबार आयोजना हुने भएको छ ।

रन क्लब नेपालको आयोजनामा यो दौड प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा पुरुष र महिला खुला र छात्र छात्रा गरी ४ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक क्लबका अध्यक्ष सन्तोष श्रेष्ठले जनाएका छन् । करिब ४ सय खेलाडीको प्रतियोगितामा सहभागिता रहनेछ । खुलामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २५ हजार, १२ हजार र ८ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

छात्र छात्रामा पहिलो हुनेले १० हजार, दोश्रोले ५ हजार र तेश्रोले ३ हजार नगद पुरस्कार पाउने छन् । दौड ठमेलस्थित छायाँ सेन्टरबाट सुरु भइ विभिन्न भागको परिक्रमा गरी पुन सोही स्थानमा आएर टुंगिने बताईएको छ । केही समय अघि मात्र धरानमा, भोजपुरमा पनि दौड प्रतियोगिता भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर