आईपीएलमा मुम्बईको पराजयको यात्रा जारी , मुम्बई माथि चेन्नईको ३ विकेटको रोमाञ्चक जित — OSNepal

आईपीएलमा मुम्बईको पराजयको यात्रा जारी , मुम्बई माथि चेन्नईको ३ विकेटको रोमाञ्चक जित

LC (KTM) April 21, 2022 0

इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा मुम्बईको पराजयको यात्रा जारी रहेको छ । यस सिजन मुम्बईको खराब नतिजा आईरहेको छ । मुम्बई सुरुवाती ७ चरणका खेल सकिदाँ सम्मको अवस्थामा जित विहिन बनेको छ । मुम्बई शुन्य अंक सहित तालिकाको पुछारमा छ । चेन्नेई दोस्रो जित सहित तालिकाको पुछारदेखि दोस्रो स्थानमा छ ।

मुम्बई माथि चेन्नेईले रोमाञ्चक जित दर्ता गरेको छ । बिहिबार राति चेन्नेईले मुम्बईमाथि तीन विकेटको रोमाञ्चक जित दर्ता गरेको हो । मुम्बईले प्रस्तुत गरेको १ सय ५६ रनको लक्ष्य चेन्नेईले अन्तिम बलमा चौका प्रहार गर्दै पुरा गर्यो । महेन्द्र सिंह धोनीले १३ बलमा २८ रनको विस्फोटक ब्याटिङ गर्दै चेन्नेईलाई जित दिलाए । उनले तीन चौका र एक छक्काको मदतले नटआउट रहदै चेन्नेईलाई जित दिलाए ।

उनैले विजयी चौका प्रहार गरेका थिए । चेन्नेईको जितमा आम्बाती रायडुले सर्वाधिक ४० रन बनाए । रोविन उथप्पाले ३० रनको योगदान दिए । ओपनर रुतुराज गाइवाड शुन्य रनमा पोलियन फर्किदा मिचेर स्यान्टनरले ११, सिवम दुबेले १३ र कप्तान रविन्द्र जडेजाले तीन रन बनाए ।ड्वेन प्रिटोरियसले २२ रनको महत्वपुर्ण इनिङ्स खेले ।

मुम्बईमा ड्यानिल सामले सर्वाधिक ४ र जयदेव उनादकटीले २ र रिले मेरेडिथले १ विकेट हात पारे ।यसअघि सुरुवाती ब्याटिङ गरेको मुम्बईले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १ सय ५५ रन बनाएको थियो । तिलक वर्माले नकआउट ५१ रन बनाएको इनिङ्समा सुर्यकुमार यादवले ३२ रन जोडेका थिए ।

ऋतिक सोकिनले २५ रनको योगदान दिए । अन्यले खासै राम्रो प्रर्दशन गर्न सकेनन् । ओपनर रोहित शर्मा र इशान किशान शुन्य रनमा पोविलियन फर्किएका थिए ।चेन्नेईमा मुकेश चौधरीले सर्वाधिक ३ विकेट लिए । ड्यान ब्राभोले २ तथा मिचेल स्यान्टनर र महेश दिक्षानाले समान एक एक विकेट हात पारे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर