भरतपुर-भरतपुरकी महानगरकी मेयर रेणु दाहालले राजीनामा दिएकी छन् । वैशाख ३० मा हुने स्थानीय चुनावमा फेरि उम्मेदवार बन्न राजीनामा दिनपर्ने भएकाले उनले राजीनामा दिएकी हुन् ।
सत्ता गठवन्धनबाट भरतपुरको मेयरमा दोस्रोपटक उम्मेदवार बन्न लागेकी दाहालले निर्वाचन आयोगले पुनः उम्मेदवार बन्न राजीनामा दिनुपर्ने प्रावधान राखेपछि दोस्रोपटक उम्मेदवार बन्न राजीनामा दिएकी हुन् ।
उनले उपमेयर पार्वती शाह ठकुरीलाई राजीनामा बुझाएकी हुन् । गठबन्धनले भरतपुरको मेयरमा माओवादी केन्द्रका उम्मेदवार उठाउने सहमति गरेको थियो। यस्तै उपमेयर कांग्रेसले पाउने सहमति भएको छ ।माओवादी केन्द्रबाट रेणु निर्विकल्प उम्मेदवार हुन् ।