प्रेरणा शाह पछि पूर्वराजा ज्ञानेन्द्र शाहले पनि जिते कोरोना — OSNepal

प्रेरणा शाह पछि पूर्वराजा ज्ञानेन्द्र शाहले पनि जिते कोरोना

LC (KTM) May 11, 2021 0

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना जितेका छन् । नर्भिक इन्टरनेशल हस्पिटलमा उपचाररत शाहले आज कोरोना जितेका छन् ।

यस्तै पूर्व अधिराजकुमारी प्रेरणा शाहको कोरोना रिपोर्ट यसअघि नै नेगेटिभ आइसकेको छ ।
२ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको रिपोर्ट नेगेटिभ आएको अस्पतालले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

स्वाब रिपोर्ट नेगेटिभ आएपछि लगातार अक्सिजनकै सपोर्टमा उपचार गराइरहेका पूर्व राजा शाहलाई अक्सिजन दिन छाडिएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्थामा पनि लगातार सुधार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर