मदन भण्डारी स्मृति ५ किमि रोड रेसको उपाधी मुकेशबहादुर पाल र सन्तोषी श्रेष्ठलाई — OSNepal

मदन भण्डारी स्मृति ५ किमि रोड रेसको उपाधी मुकेशबहादुर पाल र सन्तोषी श्रेष्ठलाई

LC (KTM) April 23, 2022 0

तेश्रो संस्करणको मदन भण्डारी स्मृति ५ किमि रोड रेसको खुलातर्फको पुरुष तथा महिलाको उपाधि मुकेशबहादुर पाल र सन्तोषी श्रेष्ठले जितेका छन् । पुरुषको उपाधि जित्न मुकेशले निर्धारित दूरी १५ मिनेट २९.०६ सेकेन्डमा पूरा गरे । गजेन्द्र राई १५ मिनेट ४०.४० सेकेन्ड दोश्रो तथा श्रीकास राई १५ मिनेट ४३.०९ सेकेन्ड ल्याएर तेश्रो भए ।

१३ औं दक्षिण एसियाली खेलकुद सागकी स्वर्ण विजेता सन्तोषीले निर्धारित दूरी तय गर्न १८ मिनेट १३.५९ सेकेन्ड समय खर्चिन् । १३ औं सागकी रजत विजेता पुष्पा भण्डारी १८ मिनेट ४२.४५ सेकेन्डले रजत तथा निर्मला केसी १९ मिनेट ४४.४३ सेकेन्डले कांस्य जिते । खुलामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २५ हजार, १२ हजार र ८ हजार नगद पुरस्कार प्राप्त गरे ।

रन क्लब नेपाल र नेपाल खेलकुद महासंघद्वारा संयुक्त आयोजित प्रतियोगिताको स्कुलतर्फ छात्रमा विश्वराम कुँवर पहिलो भए । उनको टाइमिङ १७ मिनेट ०९.०७ सेकेन्ड रह्यो । ईश्वरचन्द्र बस्नेत १७ मिनेट २३.१६ सेकेन्ड०दोश्रो तथा विकेश घिमिरे १७ मिनेट २८.०८ सेकेन्ड तेश्रो बने । छात्रामा निर्धारित लक्ष्य २० मिनेट ३५ सेकेन्डमा पूरा गर्दै सरस्वती बोहरा शीर्ष स्थानमा रहिन् ।

सोनु घतानी २१ मिनेट ५६.३० सेकेन्डअन्जु खड्का २२ मिनेट ५८ तेश्रो भए । छात्र÷छात्रामा पहिलो हुनेले १० हजार, दोश्रोले ५ हजार र तेश्रोले ३ हजार नगद पुरस्कार पाए ।दौड ठमेलस्थित छायाँ सेन्टरबाट सुरु भइ पुनः त्यही आएर टुंगिएको थियो । दौडमा २ सय ५० प्रतिस्पर्धी सहभागी भएको आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर