आईपीएलमा हैदराबादको शानदार जित — OSNepal

आईपीएलमा हैदराबादको शानदार जित

LC (KTM) April 23, 2022 0

इन्डियन प्रिमियर लिग आईपीएल टी ट्वान्टी क्रिकेटमा बैंग्लोर लाई हराउँदै सनराईजर्स हैदरावादले जित निकालेको छ । मुम्बईमा शनिबार राति भएको खेलमा हैदरावादले रोयल च्यालेन्जर्स बैंगलोर माथि ९ विकेटको जित निकालेको हो । बैंगलोरले ६९ रनको एकदमै सामान्य लक्ष्य प्रस्तुत गरेका थिए ।

हैदरावादले ८ ओभरमा १ विकेटको क्षतिमा लक्ष्यपूरा गर्यो । हैदरावादको जितमा अविशेक शर्माले ४७ रनको इनिङ खेले । केन विलियम्सन १६ रनमा अविजित रहे । राहुल त्रिपाठी पनि ७ रनमा अविजित रहे ।बैंगलोरका हर्सल पटेलले १ विकेट लिए ।यस अघि पहिले ब्याटिङ गरेको बैंगलोरले १६ ओभर १ बलमा अलआउट हुँदै ६८ रन बनाएको थियो ।बैंगलोरका लागि सुयाश प्रभुदेशाईले १५ तथा ग्लेन म्याक्स्वेलले १२ रन बनाए ।

बैंगलोरलाई सस्तैमा समेट्न मार्को जान्सेन र टि नाटराजनले ३-३ विकेट लिए । जगदीश सूचितको नाममा २ विकेट रह्यो ।जितसँगै हैदरावादले ७ खेलमा १० अंक जोडेको छ ।हैदरावाद अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।बैंगलोरले ८ खेलमा १० अंक जोडेको छ ।बैंगलोर चौंथो स्थानमा झरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर