नवप्रबेशी टिम गुजरात आईपीएल टी ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा — OSNepal

नवप्रबेशी टिम गुजरात आईपीएल टी ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा

LC (KTM) April 23, 2022 0

नवप्रबेशी टिम गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग आईपीएल टी ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । मुम्बईमा शनिबार कोलकत्ता नाइट राइडर्सलाई ८ रनको झिनो अन्तरले हराउँदै गुजरात शीर्ष स्थानमा उक्लिएको हो । गुजरातले १ सय ५७ रनको लक्ष्य प्रस्तुत गरेको थियो । उक्त लक्ष्य पछ्याएको कोलकत्ताले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४८ रन मात्र बनाउन सक्यो ।

कोलकत्ताका आन्द्रे रसेलले ४८ रन बनाए । रिन्कु सिंहले ३५ तथा उमेश यादवले अविजित १५ रन बनाए ।गुजरातका मोहमद शामी, याश पटेल र राशिद खानले २-२ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५६ रन बनाएको थियो ।

गुजरातका कप्तान हार्दिक पान्डयले ६७ रनको अर्धशतकीय इनिङ खेल्दा डेभिड मिलरले २७ रन बनाए । रिद्दिमान शाहले २५ रन जोडे । कोलकत्ताका आन्द्रे रसेलले ४ तथा टिम साउथीले ३ विकेट लिए ।यस जितसँगै गुजरातले ७ खेलमा १२ अंक जोडेको छ ।गुजरातको यो छैटौं जित हो ।कोलकत्ता ८ खेलमा ६ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर