सल्यानमा सडक फराकिलो बनाउँन बाटो खन्दै गरेको जेसीबी पल्टियो, ३३ वर्षीय देवराजले घटनास्थलमै गुमाए ज्यान,परिचालक गम्भीर घाइते — OSNepal

सल्यानमा सडक फराकिलो बनाउँन बाटो खन्दै गरेको जेसीबी पल्टियो, ३३ वर्षीय देवराजले घटनास्थलमै गुमाए ज्यान,परिचालक गम्भीर घाइते

LC (KTM) April 24, 2022 0

सल्यान, ११ वैशाख -सल्यानको बागचौर नगरपालिका–६ सिमखोला स्थित सडकमा शनिबार राति जेसीबी पल्टिदा चालकको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परिचालक गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा चालक दाङको बबई गाउँपालिका–४ हापुरेका अन्दाजी ३३ वर्षीय देवराज खत्री रहेका छन् ।

दुर्घटनामा घाइते भएका परिचालक सल्यानको छत्रेदेउराली गाउँपालिका–१ दमाचौरका १८ वर्षीय चित्र बहादुर विकको जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेको छ ।

सल्यानको महिदोले देखि जामुलेचौर वडा कार्यालय जोड्ने सडक फराकिलो बनाउँदै गरेको रा १ क ७१९ नम्बरको जेसीबी गएराती साढे ९ बजे सडकबाट अन्दाजी २० मिटर तल खसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर