क्यान्सर रोगबाट पीडित पूर्व राज्यमन्त्री झाको निधन — OSNepal

क्यान्सर रोगबाट पीडित पूर्व राज्यमन्त्री झाको निधन

LC (KTM) April 24, 2022 0

काठमाडौँ, ११ वैशाख – संविधानसभा सदस्य डा डिम्पलकुमारी झाको आज बिहान निधन भएको छ । क्यान्सर रोगबाट पीडित उहाँको आज बिहान काठमाडौँको रानीबारीस्थित निवासमै निधन भएको हो । पूर्व राज्यमन्त्रीसमेत रहनुभएकी झा हाल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट मधेश प्रदेशको प्रदेशसभा सदस्य हुनुहुन्थ्यो । लोसपाका नेता एवं पूर्वमन्त्री अनिल कुमार झाकी पत्नी उहाँ दुई वर्षदेखि क्यान्सरबाट पीडित हुनुहुन्थ्यो ।

करिब दुई महिना अघिदेखि भक्तपुर क्यान्सर अस्पतालमा उहाँको उपचार भइरहे पनि पछिल्लो समय चिकित्सको सल्लाहमा घरमै रेखदेख भइरहेकामा आज बिहान निधन भएको लोसपाका केन्द्रीय कार्यकारिणी सदस्य केशव झाले जानकारी दिनुभयो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर