भोजपुरमा सम्पन्न चौथो मुन्दुम ट्रेल रेस ४६ कि मि दौड प्रतियोगिताको उपाधी अनिता र सुमन लाई — OSNepal

भोजपुरमा सम्पन्न चौथो मुन्दुम ट्रेल रेस ४६ कि मि दौड प्रतियोगिताको उपाधी अनिता र सुमन लाई

LC (KTM) April 24, 2022 0

भोजपुरमा सम्पन्न चौथो मुन्दुम ट्रेल रेस ४६ कि मि दौड प्रतियोगिताको उपाधी सोलुखुम्बुका अनिता राई र सुमन कुलुङ राईले जितेका छन्। महिलातर्फ उपाधि जितेकी अनिताले निर्धारित दुरी ४५ किमी दुरी ५ घण्टा ४१ मिनेट ९ सेकेन्डमा पार गरेकी थिईन्। त्यस्तै पुरूषतर्फको विजेता सुमन कुलुङ राईले ४ घण्टा २७ मिनेट ५४ सेकेन्ड ४४ मिलि सेकेन्डमा पुरा गरे।

त्यस्तै महिलातर्फ दोस्रो सविना राईले ५ घण्टा ४२ मिनेट ३ सेकेन्ड, तेस्रो पदमकुमारी सुनुवारले ५ घण्टा ४४ मिनट २५ सेकेन्ड,चौथो अमिता राईले ५ घण्टा ४७ सेकेन्ड र पाँचौ भएकी छेन्वीमाया राईले ६ घण्टा २५ मिनेट २९ सेकेन्डमा निर्धारित दुरी पार गरे।त्यस्तै पुरुषतर्फ दोस्रो राजन मेयोङ्बाले ४ घण्टा २७ मिनेट ५४ सेकेन्ड, तेस्रो दुर्गा बुढा मगरले ४ घण्टा २९ सेकेन्ड ४ सेकेन्ड, चौथो गोबिन्द कार्कीले ४ घन्टा ३२ मिनेट १४ सेकेन्ड र पाँचौ उमेश राईले ४ घन्टा ४४ मिनेट २४ सेकेन्डमा पार गरे।

४० वर्षमाथिको ट्रेल रेसको उपाधि पुरूष तर्फ धनकुटाका टेक बहादुर थापाले जिते। भोजपुरका सुरेन्द्र कुमार राई दोस्रो हुँदा खोटाङका दुर्गाधन राई तेस्रो भए। ४० बर्ष माथीका महिला तर्फ भोजपुर टेम्केमैयुङका ईन्दिरा राई घिमिरे प्रथम भएकी थिईन । प्रतियोगितामा टिम इभेन्टतर्फ मिरा राई ईनिसियटिभ पहिलो हुँदा आर्मी टिम दोस्रो र धरान ल टिम तेस्रो भए। ट्रेल रेस विजेतालाई क्रमशः पहिलो, दोस्रो, तेस्रो, चौथो र पाँचौ हुने महिलारपुरूष दुवैलाई समान ५० हजार, ४० हजार ,३० हजार, २० हजार र १० हजार पुरस्कार राशीसहित प्रमाण पत्र ट्रेल रेसकी प्रमुख अतिथि चर्चित धाविका मिरा राई र टेम्के मयुङ गाउँपालिका प्रमुख ध्रुव राईले संयुक्त रुपमा हस्तानतरण गरेका थिए।

त्यस्तै ४० वर्ष माथिको वेटेरानतर्फका विजेताले क्रमशः १५ हजार, १० हजार र ५ हजार पुरस्कार तथा प्रमाण पत्र पाएका थिए। टिम इभेन्टतर्फको विजेताले क्रमशः १० हजार, ८ हजार र ५ हजार तथा ट्रफी पाए। त्यस्तै खुट्टा दुःखेको कारण चप्पलमा प्रतियोगितामा भाग लिएर रेस पुरा गरेकी नमुना राईलाई क्रेजी रनरको उपाधि दिइएको थियो । ४५ किमी लामो दुरीको रेस भोजपुरको बागखोर २२०० मि० बाट सुरु भएर ३१०० मिटरको डाडा हुँदै खोटाङको सकेला तावा भञ्ज्याङ १८०० मि० मा पुगेर टुङ्गिएको थियो । टेम्केमयुङ गाँ.पा भोजपुरको सहयोगार्थमा रिमचुङ एजुकेशन तथा स्पोर्ट एकेडेमी द्वारा आयोजीत चौथो मुन्दुम ट्रेल रेस आयोजक संस्थाका अध्यक्ष श्री पाबीहाँङ राईको अध्यक्षता साथै प्रमुख अतिथी बिश्व अल्ट्रा धाविका मिरा राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर