गंगा नदीको किनारमा ४० शव तैरिरहेको देखियो, भारतमा भयाभह अवस्था निम्तिने भन्दै दिइयो चेतावनी — OSNepal

गंगा नदीको किनारमा ४० शव तैरिरहेको देखियो, भारतमा भयाभह अवस्था निम्तिने भन्दै दिइयो चेतावनी

LC (KTM) May 11, 2021 0

कोरोनाले थला परिरहेको भारतमा अर्को एउटा दुःख लाग्दो खबर बाहिर आएको छ । बिहारको बक्सर जिल्लाको गंगा नदी किनारको चौसा श्मशान घाटमा तैरिरहेको अवस्थामा ४० वटा शवहरु भेटिएका छन् ।

त्यहाको स्थानीय प्रशासनले यो कुराको पुष्टि गरेको छ । तर स्थानीय पत्रकारले भने त्यो श्मशान घाटमा ४० भन्दा बढी लाशहरु देखिएको दाबी गरेका छन् । स्थानीयस्तरमा जुन तस्बिर आएको छ जसले हृदय नै चिरा पार्दिने खालको रहेको छ । लास लाई जनावरले लुसिरहेको देख्न सकिन्छ ।

त्यहाका बिकास अधिकारी अशोक कुमारले भने ३० देखी ४० संख्यामा लास गंगामा भेटिएको छ । यो उत्तर प्रदेशबाट बगेर आएको हुन सक्छ । मैले घाटमा रहेका ब्यक्तिहरु संग सोध्दा उनीहरुले यो लाश यहाको नभएको बताएका छन् ।

कोरोनाका कारण निधन भएकाहरुको लास त्यतिकै बेवारिसे अवस्थामा फ्यालिएको हुनसक्ने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर