गायक प्रकाश सपुतले अमेरिकाको लस एन्जल्समा आफ्नो प्रस्तुती दिने — OSNepal

गायक प्रकाश सपुतले अमेरिकाको लस एन्जल्समा आफ्नो प्रस्तुती दिने

LC (KTM) April 25, 2022 0

काठमाडौँ । लोकप्रिय गायक प्रकाश सपुतले अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जल्समा आफ्नो प्रस्तुती दिने भएका छन् ।

नेपाली नयाँ बर्षको अवसर पारेर गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिका क्यालिफोर्निया राज्य च्याप्टरले कल्याणकारी कोष स्थापनार्थ आयोजना गरेको सांगितिक साँझमा सपुतले प्रस्तुती दिन लागेका हुन् ।

आयोजकका अनुसार प्रकाशले मे ८, २०२२ मा आफ्नो प्रस्तुती दिने छन् । उक्त कार्यक्रममा प्रकाशका अलावा गायिका संगिता थापा मगरको पनि प्रस्तुती रहने आयोजकले जनाएको छ । उक्त कार्यक्रमको संचालन मिस इन्टरकन्टिनेन्टल नेपाल २०२० तथा मिस ग्रान्ड नेपाल २०१९ बिजेता निशा पाठकले गर्नेछिन् ।

कल्याणकारी कोष स्थापना गरी आपतमा परेका नेपालीलाई सहयोग पुर्‍याउने उद्देश्य राखी कार्यक्रमको आयोजना गरिएको हालसम्म ५ हजार डलर भन्दा बढि सहयोग संकलन भैसकेको च्याप्टर अध्यक्ष एकदेव शर्मा बताउँछन् ।

उक्त कार्यक्रमको टिकटदर ५० डलर राखिएको कार्यक्रम संयोजक च्याप्टरका बोर्ड अफ डाईरेक्टर जोसेफ घलेले ओएस नेपाललाई जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर