विश्वकप लिग टु अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको खेल तालिका सार्वजनिक — OSNepal

विश्वकप लिग टु अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको खेल तालिका सार्वजनिक

LC (KTM) April 26, 2022 0

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको खेल तालिका सार्वजनिक भएको छ । अन्र्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीले नेपाल, अमेरिका र ओमानबीच हुने सिरिजको खेल तालिका सार्वजनिक गरेको हो । नेपालले अमेरिकामा खेल्ने यस सिरिज आगामी जुनमा हुनेछ ।

सार्वजनिक गरिएको खेल तालिका अनुसार नेपालले आफ्नो पहिलो खेलमा ओमान संग प्रतिष्पर्धा गर्नेछ । नेपाल र ओमानबीचको यो खेल जुन ९ मा हुनेछ । त्यस्तै नेपालले आफ्नो दोस्रो खेल अमेरिकाविरुद्ध जुन ११ मा खेल्नेछ । नेपालले तेस्रो खेलमा फेरि ओमानविरुद्ध जुन १४ र अन्तिम खेलमा नेपालले अमेरिकाविरुद्ध जुन १५ मा खेल्ने तालिका रहेको छ ।

नेपाल लिग टु को अंक तालिकाको छैटौं स्थानमा नेपाल रहेको छ । अहिलेसम्म १२ खेल खेलिसकेको नेपालले ६ खेलमा जित र ६ खेलमा पराजित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर