सी डिभिजन लिगमा झापाको अपराजित यात्रा जारी — OSNepal

सी डिभिजन लिगमा झापाको अपराजित यात्रा जारी

LC (KTM) April 26, 2022 0

झापा फुटबल क्लबले सहिद स्मारक सी डिभिजन लिगमा आफ्नो अपराजित यात्रा लाई कायमै राखेको छ । झापाले लगातार दोस्रो जित निकालेको छ ।एन्फा कप्लेक्स सातदोबाटोमा आज भएको खेलमा ओसिस क्लबलाई एक शुन्य गोल अन्तरले हराउँदै झापाले लगातार दोस्रो जित निकालेको हो ।झापाको जितमा पुजन राईले निर्णायक गोल गरे ।

उनले खेलको आठौं मिनेटमा गरेको गोल नै निर्णायक बनेको थियो । यस्तै खेलको ४५ औं मिनेटमा कबिरस तामाङले रातो कार्ड पाएपछि ओसिस १० खेलाडीमा समेटिएको थियो । जितसँगै झापाले २ खेल ६ अंक जोडेको छ । पहिलो खेलमा झापाले समाज कल्याण खेलकुद केन्द्रलाई हराएको थियो । ओसिसको यो लगातार दोस्रो हार हो । पहिलो खेल ओसिस सानेपासँग पराजित भएको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर