राजस्थान आईपीएलको शीर्षस्थानमा , बैंगलोर २९ रनले पराजित — OSNepal

राजस्थान आईपीएलको शीर्षस्थानमा , बैंगलोर २९ रनले पराजित

LC (KTM) April 26, 2022 0

बैंगलोरलाई हराउँदै राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग आईपीएल टी ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा पुगेको छ । राजस्थानले लिगमा छैटौं जित निकालेको छ । पुनेमा मंगलबार राति रोयल च्यालेन्जर्स बैंगलोरलाई २९ रनले हराउँदै राजस्थानले छैटौं जित निकालेको हो । राजस्थानले बैंगलोर समक्ष १ सय ४५ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

लक्ष्य पछ्याउँदै मैदान उत्रिएको बैंगलोर १९ ओभर ३ बलमा १ सय १५ रनमा समेटिएको थियो । बैंगलोरका लागि कप्तान फाप डु प्लेसिसले सर्वाधिक २३ रन जोड्दा वानिन्दु हसरंगाले १८ रन बनाए । साहबाज अहमेदले १७ तथा रजत पाटिदरले १६ रन बनाए । राजस्थानका कुलदिप सेनले ४ विकेट लिए । रविचन्द्र आश्विनले ३ तथा प्रसिद्ध किसनले २ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४४ रन जोडेको थियो । राजस्थानका रियान परागले ५६ रनको अर्धशतकीय इनिङ खेले । यस्तै कप्तान सन्जु सामसनले २७ तथा रविचन्द्र आश्विनले १७ रन जोडे । बैंगलोरका मोहमद सिराज, जोश हाजलउड र वानिन्दु हसरंगाले २-२ विकेट लिए । राजस्थानले ८ खेलमा १२ अंक जोडेको छ । बैंगलोर ९ खेलमा १० अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर