संक्रमितको उपचारको लागि अक्सिजन आपूर्ति सहज बनाउन सरकारका नाममा सर्वोच्चको अन्तरिम आदेश — OSNepal

संक्रमितको उपचारको लागि अक्सिजन आपूर्ति सहज बनाउन सरकारका नाममा सर्वोच्चको अन्तरिम आदेश

LC (KTM) May 11, 2021 0

काठमाडौँ २८ बैशाख । नियन्त्रण बाहिर गएको कोरोना भाइरस संक्रमितको उपचारको लागि अक्सिजन आपूर्ति सहज बनाउन र साधनयुक्त अस्पताल सञ्चालनमा ल्याउन सरकारका नाममा सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

अधिवक्ता शैलेन्द्रकुमार अम्बेडकरको रिटमाथि न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले सरकारको नाम यस्तो अन्तिरिम आदेश दिएको हो । सर्वोच्चले नगरिकको जीवनसँग प्रत्यक्ष सम्बन्ध र सरोकार राख्ने हुनाले अक्सिजन, औषधी, अस्पताल र जनशक्ति व्यवस्थापनका लागि सरोकारवालाको प्रतिनिधित्व हुने गरी एउटा कार्यसमिति बनाउन पनि आदेश दिएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर