टेकु अस्पतालमा पिसिआर परीक्षण रोकियो — OSNepal

टेकु अस्पतालमा पिसिआर परीक्षण रोकियो

LC (KTM) May 11, 2021 0

काठमाडौँ, २८ वैशाख – शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा किट अभावले पिसिआर परीक्षण रोकिएको छ । अस्पतालका निर्देशक डा सागरराज भण्डारीले किट अभावले आजदेखि पिसिआर परीक्षण स्थगित गर्नु परेको बताउनुभयो । उहाँले बाहिरबाट समयमा किट नआएपछि पिसिआर परीक्षण रोकिएको बताउनुभयो ।

“हामीले पहिले दैनिक २०० देखि ३०० परीक्षण गर्दै आइरहेका थियौँ”, उहाँले भन्नुभयो, “अहिले दैनिक ५०० देखि ६०० सम्म परीक्षण हुन थाल्यौँ । त्यसैले किट सकियो ।” उहाँका अनुसार आगामी आइतबारदेखि पुनः पिसिआर गरिनेछ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर