१२ वर्षदेखि डाँका चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ — OSNepal

१२ वर्षदेखि डाँका चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

LC (KTM) June 11, 2021 0

बारा २८ जेठ। डाँका चोरी मुद्दामा १२ वर्षदेखि फरार रहेका प्रतिवादी विश्रामपुर गाउँपालिका-५ बस्ने ४० वर्षीय पन्नालाल महतो धानुकलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत बाराको २०६६ मंसिर १६ गतेको फैसलाले उक्त मुद्दामा ६ वर्ष कैद र ६४ हजार ५ सय रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

उनलाई जिल्ला अदालत बाराको आदेशानुसार कैद भुक्तानको लागि कारागार कार्यालय वीरगंज पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर