सरकारले नै निषेधाज्ञाबाट फाइदा उठाउने प्रपन्च गर्छ, भने सचेत नागरिक सडकमा आउनुको विकल्प हुँदैन :गगन थापा — OSNepal

सरकारले नै निषेधाज्ञाबाट फाइदा उठाउने प्रपन्च गर्छ, भने सचेत नागरिक सडकमा आउनुको विकल्प हुँदैन :गगन थापा

LC (KTM) June 11, 2021 0

काठमाडौं २८ जेठ । नेपाली कांग्रेसका नेता तथा पुर्व मन्त्री गगन थापाले सरकारले नै आफ्नो क्षुद्र स्वार्थको लागि,जनस्वास्थ्यमा पर्ने दीर्घकालीन असरलाई पूर्ण वेवास्ता गर्दै ,कोरोनाले निम्त्याएको परिस्थिति र निषेधाज्ञा बाट फाइदा उठाउने प्रपन्च गरेपछि देशको सचेत नागरिक सडकमा आउनुको विकल्प नभएको बताएका छन् ।

चिकित्सा शिक्षा आयोगमाथि राजनीतिक हस्तक्षेप भएको तथा सर्वोच्च अदालतको निर्णय विपरीत सरकारले मेडिकल कलेजलाई सम्बन्धन दिने तयारी गरेको प्रति आज नागरिक अगुवाहरुले प्रधानमन्त्रीको निवास बालुवाटारमा विरोध गरेका थिए ।

थापाको ट्वीट –‘निषेधाज्ञा उल्लङ्घन गरेर सडकमा आउनु गलत हो।तर जब सरकारले नै आफ्नो क्षुद्र स्वार्थको लागि,जनस्वास्थ्यमा पर्ने दीर्घकालीन असरलाई पूर्ण वेवास्ता गर्दै ,कोरोनाले निम्त्याएको परिस्थिति र निषेधाज्ञा बाट फाइदा उठाउने प्रपन्च गर्छ,देशको सचेत नागरिक सडकमा आउनुको विकल्प हुँदैन।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर