नागरिकता सम्बन्धी अध्यादेशलाई सर्वोच्चले रोक्यो, अब स्थिति भयावह हुन सक्छ : महन्थ ठाकुर — OSNepal

नागरिकता सम्बन्धी अध्यादेशलाई सर्वोच्चले रोक्यो, अब स्थिति भयावह हुन सक्छ : महन्थ ठाकुर

LC (KTM) June 11, 2021 0

काठमाडौँ २८ जेठ । सर्वोच्च अदालतले नागरिकता सम्बन्धी अध्यादेशलाई तत्काल कार्यान्वयन नगर्न भनेपछि जनता समाजवादी पार्टी ९जसपा० का अध्यक्ष महन्थ ठाकुरले आपत्ती जनाएका छन् ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त मन्त्री राजकिशोर यादवको सम्मानमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले अदालतको निणर्यप्रति अशन्तुष्टि जनाएका हुन् ।

नागरिकताको अभावमा नागरिकहरू रोजगार, शिक्षा, व्यापार व्यवसायका लागि र विदेश जान समस्या भएको भन्दै राज्यको सेवा सुविधाबाट वञ्चित भइरहेको अवस्थामा सरकारले ल्याएको नागरिकता सम्बन्धी अध्यादेशलाई सर्वोच्चले कार्यान्वयन नगर्नु भन्नु गलत भएको बताएका छन् ।

अर्का जसपाका नेता तथा उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री राजेन्द्र महताले पार्टीले सरकारमा बसेर देश र जनताप्रति समर्पित भावले आफ्नो दायित्व निर्वाह गर्ने बताए । तिन वर्ष देखि संसदले निणर्य गर्न नसकेर अड्किएको बसेको विधेयकलाई सरकारले अध्यादेश मार्फत ल्याउनु सकारात्मक भएको बताएकाले ठाकुरले यसले जनतामाथि भयावह अवस्था र्सिजना हुने दावी गरेका ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर