को हुन् सशस्त्र प्रहरीको आईजीपी बनेका राजु अर्याल ? — OSNepal

को हुन् सशस्त्र प्रहरीको आईजीपी बनेका राजु अर्याल ?

LC (KTM) May 01, 2022 0

काठमाडौं, १८ वैशाख :

सशस्त्र प्रहरी बल नेपालको प्रहरी महानिरीक्षकमा राजु अर्याल नियुक्त भएका छन् । मन्त्रिपरिषद् बैठकले अर्याललाई सशस्त्र प्रहरी बलको प्रमुखमा नियुक्त गरेको हो ।

यसअघि उनलाई डीआईजीबाट एआईजीमा बढुवा गरेको थियो । उनी एकल दाबेदार हुँदै आईजीपीमा नियुक्त भएका हुन् ।

सशस्त्र प्रहरीका आईजी पुष्पराम केसीले आइतबारदेखि अनिवार्य अवकाश पाएका छन् । ३० वर्षे सेवा अवधिका कारण केसीले आइतबारदेखि अनिवार्य अवकाश पाएका हुन् ।

केसी गत ३० चैतमा सशस्त्र महानिरीक्षकमा नियुक्त भएका थिए । उनी १९ दिनका लागि महानिरीक्षक बनेका थिए ।

दुई जना एआईजी रहने सशस्त्र प्रहरी बलमा सरकारले अर्याललाई एकल बढुवा गर्दै आईजीपीको लागि बाटो खुला गरिदिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर