सामाजिक सञ्जालमा मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति पोष्ट गरे कारवाही गर्ने निर्वाचन आयोगको चेतावनी — OSNepal

सामाजिक सञ्जालमा मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति पोष्ट गरे कारवाही गर्ने निर्वाचन आयोगको चेतावनी

LC (KTM) May 01, 2022 0

काठमाडौ १८ वैशाख । निर्वाचन आयोगले कसैले आचारसंहिता उल्लंघन गर्ने कारबाही गर्ने जनाएको छ ।

आयोगले उम्मेदवार तथा राजनीतिक दलहरुलाई मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति दिने तथा आचारसंहिता उल्लंघन गर्ने कारबाही गर्ने चेतावनी दिएको हो ।

सामाजिक सञ्जालमा मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति पोष्ट भइरहेको भन्दै बताएको आयोगले सामाजिक सञ्जालको दुरुपयोगलाई नियन्त्रण गर्न साइबर विज्ञहरू परिचालन गरेको समेत जानकारी गराएको छ ।

सामाजिक सञ्जालमा हुन सक्ने मिथ्या सूचना, दुष्प्रचार र दोषपूर्ण अभिव्यक्तिलाई नियन्त्रण गर्न मेकानिज्म बनाएर लागिरहेको बताएको आयोगले यसप्रति निर्वाचन आयोग एकदमै चिन्तित भएको र कसैले आचारसंहिता उल्लंघन गर्ने कारबाही हुने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर