नेपाल प्रहरीको महानिरीक्षकमा सिंह र सशस्त्रमा अर्याल — OSNepal

नेपाल प्रहरीको महानिरीक्षकमा सिंह र सशस्त्रमा अर्याल

LC (KTM) May 01, 2022 0

सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) मा धिरजप्रताप सिंह र सशस्त्र प्रहरी बल नेपालको महानिरीक्षकमा राजु अर्याललाई पदोन्नति गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले दुवै सङ्गठनका प्रहरी अतिरिक्त महानिरीक्षकद्वय (एआइजी) सिंह र अर्याललाई आइजिपीमा पदोन्नति गर्ने निर्णय गरेको खानेपानीमन्त्री उमाकान्त चौधरीले राससलाई जानकारी दिनुभयो ।

कर्णालीका सबै जिल्लामा पुग्यो निर्वाचन सामग्री
कर्णालीका १० वटै जिल्लामा मतपत्रसहितका निर्वाचन सामग्री ढुवानी गरिएको छ । यहाँका हुम्ला, डोल्पा र मुगुमा नेपाली सेनाको हेलिकोप्टर तथा बाँकी जिल्लामा गाडीमार्फत पठाइएको प्रदेश निर्वाचन कार्यालय सुर्खेतले जनाएको छ ।

निर्वाचन आयोगले कर्णालीमा करिब ११ लाख मतपत्र पठाएको छ । प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी निर्मला देवकोटाले मतपत्र लगायतका सामग्री जिल्ला निर्वाचन कार्यालयमा पठाइएको र सम्बन्धित स्थानीय तहका निर्वाचन अधिकृतको कार्यालयमा पठाउने तयारी भइरहेको जानकारी दिनुभयो । जिल्ला निर्वाचन कार्यालयले नै स्थानीय तहसम्म सामग्री ढुवानीको व्यवस्थापन मिलाउनुपर्नेछ ।

प्रदेश निर्वाचन कार्यालयका अनुसार मतपत्रका साथै ५८ वटा निर्वाचन सामग्री पठाइएको छ । पन्ध्र वटा जिल्लालाई खरिद गर्ने जिम्मेवारी दिएको र बाँकी आयोगले नै पठाएको हो । ती सामग्रीमा स्वस्तिक छाप, मसी, मतपेटिका, मतदाता नामावली, टेप, थैली, लाहाछाप, प्राथमिक उपचार किट, कोभिड १९ सँग सम्बन्धित स्वास्थ्य सामग्रीलगायत छन् । कर्णाली प्रदेशमा १० लाख एक हजार २८२ मतदाता छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर