गठबन्धनमा बिश्वासको वातावरण भए जित निश्चित छ– पोखरा महानगरपालिकाका मेयरका उम्मेद्धार आचार्य — OSNepal

गठबन्धनमा बिश्वासको वातावरण भए जित निश्चित छ– पोखरा महानगरपालिकाका मेयरका उम्मेद्धार आचार्य

LC (KTM) May 01, 2022 0

पोखरा : स्थानीय तहको निर्वाचन नजिकिदै जाँदा बिभिन्न राजनीतिक दलहरुले चुनावी प्रचारलाई तिब्रता दिएका छन् । यसैक्रममा पोखरा महानगरपालिकामा गठबन्धनले परिचय कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रमलाई संबोधन गर्दै गठबन्धनका तर्फबाट मेयरका उम्मेद्धार नेकपा समाजबादी कास्कीका अध्यक्ष धनराज आचार्यले चुनाव नजिकिदै जाँदा आफुलाई चिन्ताले निद्रा समेत पर्न छोडेको बताएका छन् ।

गठबन्धन राम्रो संग चल्न नसक्दा अफ्ठ्यारो परेको उनको भनाई छ । सबै दलले प्रतिबद्ध भएर लागे जित निश्चित भएको बताए । तर त्यसका लागि सबैले ईमान्दारीता देखाउन आवश्यक रहेको बताए । कार्यक्रमलाई संबोधन गर्दै आचार्यले भने– मलाई चिन्ताको बिषय थियो निद्रै लाग्दैन । यता बाट क्यालकुलेसन गर्दा पनि पुग्दैन उता बाट क्यालकसलेसन गर्दा पनि पुग्दैन । अनि फोन गरेर सोध्छु दाई ढुक्क हुनुहोस् ।

यस्तो खालको ढुक्कले निदाउन सकिएन मित्रहरु । उनले ५ दलका अध्यक्ष, सबै वडाका वडाध्यक्ष राखेर एउटा प्रतिबद्धता गरेर अघि बढ्नु अहिलेको आवश्यकता रहेको बताए । उनले भने– अर्काे पार्टीको मान्छेलाई मेयर नै सुम्पिएर लागिरहेको बेला बिश्वासको वातावरण निर्माण गरौ । भएका ९० प्रतिशत वडाअध्यक्ष जित्ने पक्का पक्की हुँदा किन भाँडिरहेका छौ । यो सोचनिय कुरा रहेको छ ।

उनले गठबन्धनमा बिश्वासको वातावरण सिर्जना गरेर अघि बढे जित पक्का रहेको समेत बताए । गठबन्धनका तर्फ बाट उपमेयरमा नेपाली कांग्रेसकी कापिला रानाभाटले लोकतन्त्रको रक्षाका लागि गठबन्धनलाई चुनाव जिताउन सबै संग आग्रह समेत गरिन् । आसन्न चुनावमा धनराजको प्रतिस्पर्धा पूर्व सहकर्मी एमालेका उम्मेदवार कृष्ण थापासँग हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर