जुम्ला पातारासीका किसान आलुखेतीमा आकर्षित हुँदै — OSNepal

जुम्ला पातारासीका किसान आलुखेतीमा आकर्षित हुँदै

LC (KTM) May 02, 2022 0

जुम्ला- जुम्लाको पातारासी गाउँपालीकास्थित लोर्पा गाउँका किसान पछिल्लो समय आलुखेतीतर्फ आकर्षित भएका छन् । सदरमुकाम खलङ्गाबाट एक घण्टा मोटरयात्रापछि पूर्वको पातारासीमा प्रवेश गर्दा भेटिन्छ लोर्पा गाउँ । परम्परागत खेती प्रणाली त्याग्दै व्यावसायिक कृषिकर्ममा लागिपरेका लोर्पावासी मकै, गहँु, जौँ रोप्दा दुःख मात्रै हुने हुँदा अहिले नगदेबाली आलु, सिमी, तरकारी, स्याउ र ओखरखेती गरिरहेका छन् ।

घरखर्चदेखि बच्चाको पढाइ खर्चसमेत आलु खेतीबाट हुने गरेको स्थानीयवासी धनवीर बोहोराले बताउनुभयो । स्थानीयवासीले उत्पादन गरेको कृषि उत्पादनलाई स्थानीय सरकारले विशेष जोड दिएपछि आलुखेती लगायतमा किसान सक्रिय भएको स्थानीय बासिन्दा बताउँछन् । विदेशी भूमिमा पसिना बगाउन कम्मर कसेका युवालाई स्वदेशमै कृषिखेतीमा आत्मनिर्भर हुन लोर्पा गाउँका किसानले सन्देश दिएको वडाध्यक्ष डिलबहादुर बोहोराले जानकारी दिनुभयो ।

खलङ्गा बजारमा पुग्ने कृषिजन्य उत्पादन सबैभन्दा बढी यहीँबाट आयात हुन्छ । यहाँको आलु, स्याउ, ओखर बाहिरसमेत निर्यात हुने गरेको गाउँपालिका अध्यक्ष लक्षिमन बोहोराले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर