गण्डकी प्रदेशको मुख्यमन्त्रीमा फेरि पृथ्वीसुब्बा गुरुङ ! — OSNepal

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा फेरि पृथ्वीसुब्बा गुरुङ !

LC (KTM) May 11, 2021 0

काठमाडौं २८ बैशाख । गण्डकी प्रदेशमा विपक्षी तिन दलहरु मिलेर बनाउने नयाँ सरकारमा जानको लागि राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाले अस्विकार गरेका छन् ।नेपाली कांग्रेसको नेतृत्वमा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीसँग मिलेर नयाँ सरकार बनाउने निणर्यमा सांसद थापाले अस्विकार गरेका हुन् ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि गण्डकी प्रदेशमा कांग्रेसको नेतृत्वमा कांग्रेसका कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री बनाउन लागि परेको गठबन्धन आज साँझ सम्म थापा मानेन् भने पुन मुख्यमन्त्रीमा गुरुङनै आउने भएका छन् । बहुमतको सरकार पुर्याउन ३१ सांसदको आवश्यक रहेको हुँदा विपक्षी गठबन्धनको जम्मा २९ सांसद रहेकाले थापाले साथ नदिए पुन गुरुङ नै मुख्यमन्त्री हुने भएका हुन् ।

कांग्रेसका १५, माओवादीका १२ र जसपाका २ सांसद रहेका छन् । बहुमत पुर्याउन ३१ सांसदको आवश्यक्ता पर्दछ । राष्ट्रिय जनमोर्चाको भने ३ जना सांसद रहेका छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर