निर्वाचनका लागि दाङमा चार लाख ४३ हजार मतपत्र आइपुग्यो — OSNepal

निर्वाचनका लागि दाङमा चार लाख ४३ हजार मतपत्र आइपुग्यो

LC (KTM) May 02, 2022 0

देउखुरी, १९ वैशाख -वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि दाङमा आज मतपत्र आइपुगेको छ । निर्वाचन आयोगले जिल्लामा मतपत्र पठाएको हो । मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार चार लाख ४३ हजार मतपत्र जिल्लामा आएको छ ।

दाङमा हाल चार लाख नौ हजार ९०२ मतदाता छन् । यस्तै २०७४ सालपछि थपिएका मतदाताको परिचयपत्र पनि मतपत्रसँगै निर्वाचन आयोगले पठाएको निर्वाचन अधिकारी नारायणप्रसाद भण्डारीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर