बागी उम्मेदवार दिएकाले दुई दिन भित्र आफ्नो उम्मेदवारी निष्क्रिय नगरे कारवाही भोग्न तयार हुनु — OSNepal

बागी उम्मेदवार दिएकाले दुई दिन भित्र आफ्नो उम्मेदवारी निष्क्रिय नगरे कारवाही भोग्न तयार हुनु

LC (KTM) May 02, 2022 0

काठमाडौं १९ वैशाख । नेपाली कांग्रेसले बागी उम्मेदवार दिएका सबैलाई उम्मेदवारलाई निष्क्रिय गर्न आग्रह गरेको छ ।

सोमबार पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ती जारी गर्दै अब दुई दिन भित्र आफ्नो उम्मेदवारी निष्क्रिय गर्न आग्रह गरेको हो ।

जारी विज्ञप्तीमा अब दुई दिन भित्र वैशाख २१ गते आफ्नो उम्मेदवारी निष्क्रिय नपारे कारवाही हुने चेतावनी दिइएको छ ।

विज्ञप्तिमा लेखिएको छ, ‘पार्टीका आधिकारिक उम्मेदवार तथा पार्टीले समर्थन गरेका उमेदवारका विरुद्ध विद्रोही उमेदवारी दर्ता गराएका र त्यस्ता उमेदवारका प्रस्तावक र समर्थक बनेका पार्टी सदस्यले आफ्नो उमेदवारीप्रति पुर्नविचार गरी सार्वजनिक रूपमा वक्तव्य प्रकाशित गरी उमेदवारी निष्क्रिय गरिदिनु हुन र आधिकारिक उमेदवारका पक्षमा सक्रियतापूर्वक प्रचार अभियानमा संलग्न हुनु हुन निर्देशानुसार अनुरोध गरिएको छ’ ।

२०७९ वैशाख २१ गतेभित्र आफ्नो उमेदवारी निष्क्रिय गरी पार्टीका आधिकारिक उमेदवार र पार्टीले समर्थन गरेका उमेदवारलाई विजयी बनाउन सहयोग गर्ने प्रतिबद्धतासहित, सक्रिय रहन आग्रह गरिएको छ ।

विज्ञप्ती अघि भनिएको छ, ‘विद्रोही उमेदवार र त्यस्ता उमेदवारका प्रस्तावक र समर्थक उपर पार्टी विधान बमोजिम हुने कारबाहीमा पार्टी केन्द्रले आवश्यक प्रक्रिया पुर्‍याइएर पुर्नविचार गर्न सक्ने समेत सम्बन्धित सबैलाई निर्देशानुसार जानकारी गराइन्छ,” विज्ञप्तिमा थपिएको छ । ‘

ongre

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर