निर्माण व्यवसायीका समस्या समाधान गर्न गम्भीर छौँ : मन्त्री झाँक्री — OSNepal

निर्माण व्यवसायीका समस्या समाधान गर्न गम्भीर छौँ : मन्त्री झाँक्री

LC (KTM) May 03, 2022 0

काठमाडौँ-सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले निर्माण व्यवसायीका समस्या समाधान गर्न आफू गम्भीर रहेको बताउनुभएको छ । निर्माण क्षेत्र अस्तव्यस्त बनेको बताउँदै उहाँले व्यवसायीका आवश्यक माग सम्बोधनको पहल गरिने बताउनुभयो ।

नेपाल निर्माण व्यवसायी महासङ्घको प्रतिनिधिमण्डलसँग आज भएको भेटमा मन्त्री झाँक्रीले अन्य मन्त्रालयसँग समन्वयका लागि पहल गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “निर्माण व्यवसायीका समस्या समाधानका लागि हामी गम्भीर छौँ । सकारात्मक रूपमा समस्या समाधानको पहल खोजौँ । निर्माणका काम रोकेर नबसौँ ।”ठूला आयोजनामा म्याद थप्न समस्या नभए पनि साना आयोजनाको म्याद थपेर बस्दा नयाँ कार्यक्रमबारे अन्योलता सिर्जना हुने उहाँले बताउनुभयो ।

भेटमा महासङ्घका अध्यक्ष रवि सिंहले विकास परियोजनालाई तीव्र गतिमा अगाडि बढाउनका लागि अन्य मन्त्रालयसँग समन्वय गरिदिन आग्रह गर्नुभयो । उहाँले निर्माण सामग्रीमा भएको मूल्य वृद्धि समायोजन गर्न अनुरोध गर्नुभयो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर