माओवादी केन्द्रका उम्मेदवार वडा सदस्य माथि खुकुरी प्रहार — OSNepal

माओवादी केन्द्रका उम्मेदवार वडा सदस्य माथि खुकुरी प्रहार

LC (KTM) May 03, 2022 0

बैतडी २० वैशाख । सत्ता गठवन्धनको सहमति अनुसार वडा सदस्यका उम्मेदवार दिएका माओवादी केन्द्रका ६० वर्षीय हरिराम साउँदमाथी खुकुरी प्रहार भएको छ ।

जिल्लाको डिलाशैनी गाउँपालिका-५ मा साउँद माथि खुकुरी प्रहार भएको हो ।
जिल्ला प्रहरी कार्यालय बैतडीले दिएको जानकारी अनुसार स्थानीय अजित साउँदको समूहले आक्रमण गरेको हो ।

अहिले उनीहरुको खोजी कार्य भइरहेको जनाएको छ । घाइते साउँदको भने टाउको र शरीरमा गहिरो चोट लागेको छ ।

उनको स्थानीय गोकुलेश्वर अस्पतालमा समान्य उपचारपछि धनगढी रेफर गरिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर