बागी उम्मेदवार दिएका १४ जना माओेवादीको कारवाहीमा — OSNepal

बागी उम्मेदवार दिएका १४ जना माओेवादीको कारवाहीमा

LC (KTM) May 03, 2022 0

काठमाडौं २०वैशाख । नेकपा माओवादी केन्द्रले बागी उम्मेदवार दिएका १४ जनालाई कारवाही गरेको छ ।

माओ वादी केन्द्रको प्रदेश नम्बर १ कमिटीले पार्टीको निर्देशन बागी उम्मेदवार दिएकाहरुलाई अनुशासनको कारबाही गरेको हो ।

प्रदेशको पार्टी अध्यक्ष हर्कबहादुर नेम्वाङले दिएको जानकारी अनुसार पटक पटक पार्टीले सचेत गराउँदा पनि पार्टीको निर्देशन नमानेकाले विधान अनुरुपको कसुर ठहर गरी निलम्वन गरिएको जनाएका छन् ।

यही बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुने भएको छ । पाँच दली गठवन्धनले भने चुनावी ताल मेल गरेका विभिन्न प्रदेश र जिल्लामा भने केन्द्रको निणर्य अस्विकार गर्दै वागी उम्मेदवार उठेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर