१ लाख माथी पुगेको सुनको मूल्य लगातार घट्न थाल्यो — OSNepal

१ लाख माथी पुगेको सुनको मूल्य लगातार घट्न थाल्यो

LC (KTM) May 03, 2022 0

काठमाडौँ, २० वैशाख :

सुनको भाउ मंगलबार प्रतितोलामा एक हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ९७ हजार दुई सय रुपैयाँ कायम भएको छ । सोमबार सुन तोलाको ९८ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार तेजावी सुनको भाउ तोलाको ९६ हजार सात सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ भने स्थिर नै रहेको छ । सोमबार एक हजार दुई सय ९० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि एक हजार दुई सय ९० रुपैयाँमा निर्धारण भएको छ ।

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर : नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२२ रुपैयाँ १३ पैसा र बिक्री दर १२२ रुपैयाँ ७३ पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिद दर १२८ रुपैयाँ ४८ पैसा र बिक्री दर १२९ रुपैयाँ ११ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५३ रुपैयाँ ५२ पैसा र बिक्री दर १५४ रुपैयाँ २७ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १२५ रुपैयाँ पाँच पैसा र बिक्री दर १२६ रुपैयाँ १२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ३९ पैसा र बिक्री दर ८६ रुपैयाँ ८२ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९४ रुपैयाँ ९२ पैसा रहेको छ भने बिक्री दर ९५ रुपैयाँ ३९ पैसा छ ।

जापानी येन १० को खरिद दर नेपाली नौ रुपैयाँ चार पैसा र बिक्री दर नौ रुपैयाँ ४५ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ४८ पैसा र बिक्री दर १८ रुपैयाँ ५७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल एकको खरिद दर ३२ रुपैयाँ ५६ पैसा र बिक्री दर ३२ रुपैयाँ ७२ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ४६ पैसा र बिक्री दर ३३ रुपैयाँ ६३ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ पाँच पैसा छ भने बिक्री दर २८ रुपैयाँ १९ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर नौ रुपैयाँ ६५ पैसा र बिक्री दर नौ रुपैयाँ ६९ पैसा कायम भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर