कठिन संघर्षका बीच उदाएका जनताका भरोसा कुश्मा नगरपालिका वडा नम्बर ९ का अध्यक्ष पदका उम्मेद्धार लामिछाने — OSNepal

कठिन संघर्षका बीच उदाएका जनताका भरोसा कुश्मा नगरपालिका वडा नम्बर ९ का अध्यक्ष पदका उम्मेद्धार लामिछाने

LC (KTM) May 03, 2022 0

पर्वत :

बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनको सरगर्मी सुरु भएको छ । यतिबेला बिभिन्न राजनीतिक दलका तर्फ बाट बिभिन्न पदमा उम्मेद्धारहरु उठेका छन् । उनीहरु भोट माग्न जनताको घरदैलो सम्म पुग्न थालेका छन् ।

यसैक्रममा कुश्मा नगरपालिकामा पनि चुनाव रौनक बढेको छ । कुश्मा नगरपालिका वडा नम्बर ९ का अध्यक्ष पदका उम्मेद्धार राम शर्मा लामिछाने यति बेला आफ्ना वडाबासी समक्ष भोट मागिरहेका छन् ।

लामो समय सम्म कांग्रेसमा बिभिन्न संगठनको जिम्मेवारी सहित क्रियाशील रहदै आएका लामिछाने यसपटक कांग्रेस र माओबादी केन्द्र सहितको गठबन्धनका तर्फ बाट वडा अध्यक्ष पदका साझा उम्मेद्धार रहेका छन् । स्पष्ट भिजन र सादगी जिन्दगी बिताएका लामिछाने वडा बासीको मन मुटुमा बस्न सफल ब्यक्ति रहेका छन् ।

पारिवारीक तथा राजनीतिक पृष्ठभुमी :

पिता यधुपति तथा माता लिलावतीको कोख बाट परिवारका कान्छा छोराको रुपमा जन्मिएका लामिछानेको बाल्यकाल एकदमै कष्टप्रद संग गुज्रिएको थियो । उनी ३ बर्षको हुँदा बुवाको स्वर्गारोहण भएको थियो । त्यसपछि माताले आफ्ना ३ छोरा छोरीलाई दुःखका साथ हुर्काएकी थिईन् । त्रीभुवन मा.बि. शंकर पोखरी बाट २०३७ सालमा एसएलसी उतिर्ण गरेका लामिछानेले शिक्षण पेशा अंगालेका थिए । पारिवारीक अवस्था कमजोर भएका कारण उनले उच्च शिक्षा हाँसिल गर्ने सपना त्यतिबेला पुरा गर्न सकेनन् । त्यसपछि उनले २०४२ सालमा सरकारी सेवामा आबद्ध भएर काम गरे ।

खरदार बाट सरकारी सेवा प्रबेश गरेका लामिछाने ३५ बर्ष सम्म सरकारी पेशामा आबद्ध रहे । उनले बिभिन्न आरोह अवरोहका बीच स्नातकोत्तर सम्मको अध्ययन पनि पुरा गरेका छन् । उनले राजनीतिक यात्रा भने माध्यमिक तह बाट नै थालनी गरेका थिए । उनी २०३६ साल देखी नेबि संघमा आबद्ध भएर क्रियाशील राजनीति प्रारम्भ गरेका थिए ।

उनी त्यतिबेला चर्किएको बिद्यार्थी आन्दोलनमा समेत सरिक भएका थिए । बिपी कोईराला बाट प्रभावित भएर उनले राजनीतिक यात्राको सुरुवात गरेका थिए । सरकारी सेवामा रहदा समेत उनी नेपाल निजामती कर्मचारी युनियनमा नेतृत्व तहमा रहेर काम गरेका थिए । सेवा निबृत भए संगै कांग्रेसको १४ औ महाधिबेशन बाट उनी वडा नम्बर ९ को सभापतिको रुपमा चयन भए । हाल उनी वडा अध्यक्षको रुपमा चुनावी मैदानमा होमिएका छन् ।

घोषणा पत्र र प्रतिबद्धता :

मिजासिला र सहयोगी भावनाका धनी लामिछाने समाजसेवामा पनि उत्तिकै सक्रिय रहेका छन् । जनताको सुख दुःखमा सधै साथ दिने उनी प्रष्ट बिचारका धनी रहेका छन् ।

सबै उम्मेद्धारले भौतिक बिकासमा जोड दिई रहेका बेला उनले भने भौतिक बिकास भन्दा बढी प्राथमिकता दक्ष जनशक्ति बिकासमा जोड दिएका छन् । उनले भने– सबैले भौतिक बिकासलाई पहिलो प्राथमिकता दिन्छन् तर मैले भने भौतिक बिकास संगै दक्ष जनशक्ति बिकासलाई जोड दिएको छु ।

जब सबै वडाबासीहरु दक्ष बन्नु हुन्छ सबै समस्याहरु एक प्रकार हल भएर जान्छ । त्यस्तै उनले आफ्नो घोषणा पत्रमा प्राबिधिक शिक्षा लाई जोड दिएका छन् । त्यसका अलवा उनले खेलकूद, युवाहरु बिदेशि रहेको अवस्थामा रोजगारको ब्यवस्था, बैदेशिक रोजगारमै जाने भए पनि सिपमुलक तालिमको ब्यवस्था, नगरका आवश्यक बाटो घाटो, पुल पुलेसा निर्माण तथा मर्मत , खेलकूद, प्रशासनिक सेवा प्रबाह छिटो छरितो र दुरुस्त राख्ने , भ्रष्टारमुक्त वडा, बृद्ध बृद्धाहरुलाई घर घरमै सेवा प्रबाह गर्ने लगायतका घोषणा गरेका छन् ।

उनले प्रशासनिक सवालमा ढिला सुस्ती हुने गरेको भन्दै आवश्यक सार्वजनिक सेवा सेवाग्राहीले एकै दिनमा पाउने गरिको ब्यवस्थापन गर्ने समेत प्रतिबद्धता जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर