सोलुखुम्बुमा नेपाली कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप, कांग्रेस सभापति सहित तिन जना घाइते — OSNepal

सोलुखुम्बुमा नेपाली कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप, कांग्रेस सभापति सहित तिन जना घाइते

LC (KTM) May 03, 2022 0

सोलुखुम्बु २० वैशाख । सोलुखुम्बुमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ । चुनावी प्रचारको क्रममा जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका १ नेले बजारमा दूई पक्ष बिच झडप भएको हो ।

दोहोरो झडपमा कांग्रेस वडा सभापति चुडाबहादुर बस्नेत, सचिव मिलन खत्री र दीपक सुनुवार घाइते भएका छन् । झडपमा घाइते तिन जनाको फाप्लुमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घरदैलो कार्यक्रम गरेर फर्किएका माओवादी र कांग्रेसको कार्यकर्ताबीच भएको विवाद झडपमा परिणत भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर