बिश्व बैंकले नेपाललाई दियो १८ अर्ब ३१ करोड ऋण — OSNepal

बिश्व बैंकले नेपाललाई दियो १८ अर्ब ३१ करोड ऋण

LC (KTM) May 04, 2022 0

विश्व बैंकले नेपाललाई ऋण सहयोग दिने भएको छ । बिश्व बैंकले नेपाललाई १५ करोड अमेरिकी डलर अर्थात करिब १८ अर्ब ३१ करोड रुपैयाँ बराबरको ऋण सहयोग दिने भएको हो । बुधबार राजधानीमा एक कार्यक्रमका बीच नेपाल सरकार र बिश्व बैंक बीच सहमती भएको हो । सरकारका तर्फबाट अर्थसचिव मधुकुमार मरासिनी र विश्व बैंकका तर्फबाट माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

प्राप्त उक्त ऋण नेपालको वित्तीय क्षेत्रको स्थायित्व तथा सुदृढीकरणमा सहयोग पुग्ने हेतुले उपलब्ध गराइएको हो । ‘वृद्धिका लागि वित्त’ विषयक यस सहयोगले मुलुकको कमजोर अवस्थामा रहेको वित्तीय क्षेत्रको स्थायित्व सुदृढ गर्न, वित्तीय समाधानको विविधिकरण गर्न र नेपालमा वित्तीय सेवामा पहुँच बढाउनका लागि खर्च गरिने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर