खल्तीले ल्यायो नयाँ अफर , खल्ती बाट बिना पैसा बैंकमा रकम सार्न मिल्ने — OSNepal

खल्तीले ल्यायो नयाँ अफर , खल्ती बाट बिना पैसा बैंकमा रकम सार्न मिल्ने

LC (KTM) May 04, 2022 0

डिजिटल भुक्तानी सेवा प्रदायक खल्ती चलाउने सेवाग्राहीहरु लाइ खुशीको खबर आएको छ । यो एप बाट बैंक खातामा रकम पठाउँदा कुनै शुल्क नलाग्ने भएको छ । तर यो बिशेष अफर साउन ८ गतेसम्मका लागू भएको कम्पनीले जानकारी दिएको छ । यो सुबिधा खल्तीमा अकाउन्ट भेरिफाइ भएका प्रयोगकर्ताले मात्र प्रयोग गर्न पाउने खल्तीले जनाएको छ ।

यस एप मार्फत एक पटकमा ५० हजार रुपैयाँसम्म र एक दिनमा एक लाख रुपैयाँसम्म वालेटबाट बैंक खातामा पठाउन सकिनेछ । चैतमा पनि कम्पनीले यो अफर ल्याएको थियो । यो अफर लागु हुनु अघि खल्तीले प्रति कारोबार १० रुपैयाँ शुल्क लिने गर्थ्यो ।

साथै आफ्नो साथीलाई बैंक लिंक रिफर गरेको खण्डमा प्रत्येक रिफरमा ५० रुपैयाँसम्म आफ्नो खातामा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । त्यस्तै खल्तीमा नयाँ बैंक खाता लिंक गर्दा तुरून्त १०० रूपैयाँ प्रदान गरिने पनि कम्पनीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर