बङ्गलादेशद्वारा नेपाललाई औषधी र स्वास्थ्य सामग्री हस्तान्तरण — OSNepal

बङ्गलादेशद्वारा नेपाललाई औषधी र स्वास्थ्य सामग्री हस्तान्तरण

LC (KTM) May 11, 2021 0

काठमाडौँ, २८ वैशाख – बङ्गलादेशका विदेशमन्त्री डा एके अब्दुल मोमेन र स्वास्थ्य तथा परिवार कल्याणमन्त्री जाहिद मल्लिकले नेपाल सरकारको कोरोनाविरुद्धको लडाइँमा सघाउन औषधि तथा स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको छ ।

ढाकामा आज बिहान आयोजित एक सङ्क्षिप्त कार्यक्रममा बङ्गलादेशका लागि नेपालका राजदूत डा वंशीधर मिश्रलाई ती सामग्री संयुक्त रुपमा हस्तान्तरण गरिएको हो । लादेशले बेक्सिमको फर्माबाट उत्पादित पाँच हजार थान रेम्डी सिभर, सुई तथा पिपिईलगायत अन्य अत्यावश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको ढाकास्थित नेपाली दूतावासले जनाएको छ । उक्त सामग्री आजै हिमालयन एयरलाइन्सबाट नेपाल पठाइने जनाइएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर