रुपन्देही २३ वैशाख । नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले नेकपा माओवादी केन्द्रलाई भोट माग्नु रहर नभई बाध्यता भएको बताएका छन् ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्र मिलेर बनेको गठबन्धनको संयुक्त आमसभामा लाई सम्बोधन गर्दै महामन्त्री शर्माले यस् तो प्रतिक्रिया दिएका हुन् ।
‘नेपाली कांग्रेसको प्रचारमा हिंडेका कार्यकर्तालाई माओवादीलाई भोट माग्दा अफ्ठ्यारो महसुस हुन्छ, तर पनि संबिधानको रक्षाको लागि एकदिन मन थामेर तालमेलका उम्मेदवारलाई मतदान गर्नुहोस् । ’ शर्माले भने ।
संबिधानको रक्षाको लागि गठवनधन बताएका उनले कांग्रेस कमजोर भएर गठवन्धन नगरेको स्पष्ट पारेका छन् । पाँच दलबीच भएको तालमेललाई इमान्दारीपूर्वक पालना गरी एकचित्त बुझाएर तालमेल गरेका उम्मेदवारलाई जिताउन समेतअ आग्रह गरेका छन् ।